जापानको आम निर्वाचनको परिणामसँग नेपालको सन्दर्भ जोड्दै एमाले नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमा तिखो टिप्पणी गरेका छन्।
जापानमा भएको निर्वाचनमा प्रधानमन्त्री साने ताकाइचीको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले ऐतिहासिक जित हासिल गरेको छ।
त्यहाँको प्रतिनिधि सभाका कुल ४६५ सिटमध्ये एलडीपी एक्लैले ३१६ सिट जितेको छ। जापानमा सरकार गठनको बहुमतका लागि २३३ सिट भए पुग्छ।
जापानको निर्वाचन परिणामलाई लिएर एमाले नेता बास्कोटाले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रमका दावेदार पाँच छन्। तर कस्ले जापानी प्रम ताकाईचीको जस्तो ४४५ मा ३१० सिटको पहिरो चलाउने जित निकाल्लान त? यो चुनावको परिणाम परम्परागत अनुमान र दलका दावी भन्दा १८० डिग्री भिन्न पनि आउँन सक्छ। खोक्न त जति पनि पाइयो नि!’

612
Shares

प्रतिक्रिया