ग्लोबल


नोबेल पुरस्कार विजेता नरगिस मोहम्मदीलाई अर्को मुद्दामा साढे ७ वर्षको जेल सजाय

नोबेल पुरस्कार विजेता नरगिस मोहम्मदीलाई अर्को मुद्दामा साढे ७ वर्षको जेल सजाय

नेपालखबर
माघ २६, २०८२ सोमबार ९:६, काठमाडौँ

नोबेल शान्ति पुरस्कार विजेता नरगिस मोहम्मदीलाई इरानमा अर्को मुद्दामा सजाय सुनाइएको छ। इरानको अदालतले उनलाई साढे ७ वर्षको जेल सजाय सुनाएको हो।

यो जानकारी उनका वकिल मुस्तफा निलीले आइतबार सामाजिक सञ्जालमार्फत दिएका हुन्।

वकिल मुस्तफा निलीले लेखेका छन्, ‘उनलाई 'मिलेमतो र षड्यन्त्र' आरोपमा ६ वर्ष र 'प्रचार गतिविधि'को आरोपमा डेढ वर्षको जेल सजाय सुनाइएको छ।’

मोहम्मदीले धेरैपटक जेल सजाय भोगिसकेकी छन्।

२०२४ डिसेम्बरमा उनलाई स्वास्थ्यका कारण तीन हप्ताका लागि जेलबाट अस्थायी रिहाइ गरिएको थियो।

यद्यपि गार्जियनको रिपोर्टअनुसार कार्यकर्ता र पश्चिमी देशका दबाबका कारण उनको रिहाइ लम्ब्याइएको थियो।

उनलाई पछिल्लोपटक २०२५ डिसेम्बरमा अन्त्येष्टिमा ‘भडकाऊ बयान’ दिएको आरोपमा पक्राउ गरिएको थियो। त्यस मुद्दामा उनलाई इरानको मसहदस्थित अदालतले साढे ७ वर्षको जेल सजाय सुनाएको हो। 

५३ वर्षीया मोहम्मदीलाई इरानमा महिलालाई हुने उत्पीडनविरुद्ध काम गरेबापत २०२३ मा नोबेल पुरस्कार प्रदान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad