राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एकै दिन चितवनदेखि बुटवलसम्म १९ ठाउँमा चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन्।
आज दिनभरको तालिका सार्वजनिक गर्दै चितवनहुँदै नवलपरासीदेखि बुटवलसम्म जनसम्पर्क तथा सम्बोधन गर्ने जनाएका छन्। लामिछानेको सचिवालयले दिएको जानकारी अनुसार बिहान ११ बजेसम्म आफ्नै निर्वाचन क्षेत्रका विभिन्न स्थानमा सम्बोधन तथा भेटघाट गरेका छन्।
बिहान साढे ८ बजे फिस्लिङ बजार, बिहान ९ बजे चुम्लिङछार, बिहान साढे ९ बजे कुरिनटार मन्दिर, बिहान १० बजे लेवाटार, बिहान साढे १० बजे केबलकार र बिहान ११ बजे मुग्लिङ बजारमा सम्बोधनको कार्यक्रम तय गरिएको हो।
यस्तै, आजै नवलपरासीका विभिन्न स्थानमा कार्यक्रम राखिएको छ। दिउँसो १ बजे जेनजी चोक, सवा १ बजे थुम्सि थोक, साढे १ बजे हर्कपुर चोक, पौने २ बजे १६ नम्बर चोक, दिउँसो २ बजे रहजहर चोक, सवा २ बजे दलदले चोक र पौने ३ बजे कावासोती फलफूल चोकमा भेटघाट तथा सम्बोधन गर्ने कार्यक्रम रहेको लामिछानेको सचिवालयले जनाएको छ।
त्यस्तै, दिउँसो ३ बजेसम्म नवलपरासीमा रहने लामिछाने आजै बुटवल जाने कार्यक्रम रहेको छ। दिउँसो ३ बजे डण्डा बजार, दिउँसो ३:२५ बजे चोरमारा बजार, अपराह्न पौने ४ बजे आरुङखोला बजार, सवा ४ बजे दुम्किबास बजार, पौने ५ बजे दाउन्ने बजारमा सम्बोधन गर्ने कार्यक्रम राखिएको छ।
आजै साँझ साढे ६ बजे नवलपरासीबाट बुटवल पुगेर सम्बोधन गर्ने कार्यतालिका रहेको उनको सचिवालयले जनाएको छ। आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि रास्वपा सभापति समेत रहेका लामिछाने चितवन-२ का उम्मेदवार हुन्।
रास्वपाका उम्मेदवारकाे पक्षमा चुनावी माहोल बनाउन उनी आसपासका जिल्लामा पुग्न थालेका हुन्। खुट्टाको चोटका कारण दुई साता उपचारमा बिताएका लामिछाने तीन दिनअघि मात्रै काठमाडौँबाट चितवन आएका थिए।
Shares

प्रतिक्रिया