राजनीति


बालेनको भावुक 'स्ट्याटस': माया मात्रै रै'छ देशभरि

बालेनको भावुक 'स्ट्याटस': माया मात्रै रै'छ देशभरि

नेपालखबर
माघ २३, २०८२ शुक्रबार ९:५८, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) का पछिल्ला सामाजिक सञ्जाल गतिविधिले राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ। 

पूर्वी पहाडी जिल्ला भ्रमणमा रहेका उनले गएराति फेसबुकमा एक सन्देशात्मक स्ट्याटस लेख्दै उनले देशप्रेम र नागरिकको सद्भावप्रति आभार प्रकट गरेका छन्।

उनले लेखेका छन्, “माया मात्रै रैछ देशभरि!! यसरी नै देशलाई माया गर्नु, देश बन्छ।”  झापादेखि कञ्चनपुरसम्म पुगेर स्थानीयसँग संवाद गरिरहेका शाह रवि लामिछाने नेतृत्वको रास्वपाका तर्फबाट झापा क्षेत्र नं. ५ का उम्मेदवार हुन्। एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि त्यहीँ उम्मेदवार छन्।

२०७९ को स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर स्थापित दलहरूलाई स्तब्ध पार्दै बालेन मेयरमा निर्वाचित भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad