राजनीति


देशी-विदेशी शक्तिले एमाले सिध्याउने षड्यन्त्र गरिरहेका छन् : ईश्वर पोखरेल

देशी-विदेशी शक्तिले एमाले सिध्याउने षड्यन्त्र गरिरहेका छन् : ईश्वर पोखरेल

नेपालखबर
माघ २१, २०८२ बुधबार १४:९, काठमाडौँ

नेकपा (एमाले) का नेता ईश्वर पोखरेलले आफ्नो पार्टीलाई सिध्याउन देशभित्र र बाहिरका शक्तिहरूले अनेक षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्। 

बुधवार काठमाडौँ उपत्यकाका एमाले उम्मेदवारसँगको संवाद कार्यक्रममा बोल्दै पोखरेलले षड्यन्त्रको कुरा गरेका हुन्। ‘नेकपा (एमाले) एउटा यस्तो शक्ति हो, जसलाई कमजोर बनाउन, सिध्याउन अनेक खालका षड्यन्त्रपूर्ण गतिविधिहरू हुने गरेका छन्,’ पोखरेलले भने, ‘देखिने, नदेखिने, भित्रका, बाहिरका यस खालका गतिविधिहरू हुने गरेका छन्।’

उनले षड्यन्त्रलाई हाबी हुन नदिने गरी आन्तरिक एकतालाई सुदृढ बनाउने काम भइरहेको बताए। उनले पार्टीको आन्तरिक एकता कमजोर हुँदा वाह्य शक्तिहरूले खेल्न पाउने बताए। 

‘हामीले के बुझ्नुपर्दछ भने बाहिरी षड्यन्त्रहरूलाई चिर्नका लागि भित्री रुपमा मजदुत हुनुपर्दछ। भित्री रुपमा कमजोर भइयो भने बाहिरी षड्यन्त्र हाबी हुन्छ,’ उनले भने, ‘त्यो हाबी हुन दिने पक्षमा हामी छैनौँ। हामी आन्तरिक रुपमा सुदृढ हुन चाहन्छौँ। त्यसकारण एमालेको बारेमा केही अलमल हुनुपर्ने अवस्था छैन।’

कार्यक्रममा बोल्दै नेता पोखरेलले एमालेले आसन्न निर्वाचनको चुनावी घोषणा पत्रको तयारीको काम अन्तिम चरणमा पुर्‍याएको बताए। त्यसमा आफूहरुले गर्नसक्ने कामको समयसीमा सहित एजेन्डा समावेश गरिने बताए। 

नेता पोखरेलले जेनजी आन्दोलनको नाममा भएका राष्ट्रहित विपरितका गतिविधिप्रति मात्रै एमालेको आपत्ति रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad