राजनीति


समानुपातिक मतपत्रमा ५८ चुनाव चिह्न: कुन दलको चिह्न के? (सूची)

समानुपातिक मतपत्रमा ५८ चुनाव चिह्न: कुन दलको चिह्न के? (सूची)

नेपालखबर
माघ २०, २०८२ मंगलबार ८:३, काठमाडौँ

निर्वाचन आयोगले केही दिनअघि नै समानुपातिकतर्फको मतपत्र छपाइ सकेको छ। 

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ आवश्यक पर्ने २ करोड ८ लाखभन्दा धेरै मतपत्रको छपाइ सकिएको निर्वाचन आयोगले जनाएको छ। 

प्रत्यक्षतर्फ २५ जिल्लाका लागि चाहिने ३० लाख भन्दा धेरै मतपत्र पनि आयोगले छापिसकेको छ। 

आयोग प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रत्यक्षतर्फको २ करोड ३ लाख मतपत्र छाप्ने तयारीमा आयोग रहेको बताए। 

समानुपातिक तर्फको मतपत्रमा ५८ दलको चुनाव चिह्न छन्। ५४ दलले आफ्नो निर्वाचन चिह्न र १० वटा दलले विभिन्न ४ वटा चुनाव चिह्न लिएर समानुपातिक निर्वाचनमा भाग लिन लागेका हुन्। 

समानुपातिक मतपत्र सेतो कागजमा कालो रङको चुनाव चिह्नमा छापिएको छ। समानुपातिक मतपत्र देशभरि एउटै आकारको हुने आयोगले जनाउको छ।

कुन दलको चुनाव चिह्न के?

नेकपा एमाले– सूर्य
नेपाली कांग्रेस– रुख
नेकपा– पाँचकुने तारा
रास्वपा– घण्टी
राप्रपा– हलो
जसपा नेपाल– ढल्केको छाता
जनमत– लाउड स्पिकर
लोसपा नेपाल– साइकल
नेमकिपा– मादल
राष्ट्रिय जनमोर्चा– गिलास
प्रलोपा– खुलेको एकल आँखा
नेपाल लोकतान्त्रिक– दुई हात जोडेको नमस्कार
मंगोल नेसनल अर्गनाइजेसन– कुखुराको भाले
बहुजन शक्ति– जग
नेपाल सद्भावना– पञ्जा छाप
नेपाल जनता संरक्षण– डोको
नेकपा माले– हँसिया र तारा
नेपाल जनता पार्टी– कमलको फूल
संयुक्त नागरिक– गितार
नेपाल जनमुक्ति– घर
नेकपा संयुक्त– हँसिया
राजपा नेपाल– दायाँ हातले समातेको मसाल
समावेशी समाजवादी पार्टी नेपाल– भित्ते घडी
राष्ट्रिय परिवर्तन– बाँसुरी
नेकपा मार्क्सवादी (पुष्पलाल)– गैंती
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च– दापसहितको खुकुरी
राष्ट्रिय एकता दल– तुलसी, मठ
गतिशील लोकतान्त्रिक– ब्याट्री
नेपाली जनश्रमदान संस्कृति– मान्छेको काँधमा बोकिराखेको ढुंगा
नेपालका लागि नेपाली पार्टी– गोलाकारभित्र शंख
जनप्रिय लोकतान्त्रिक– बज्र
नेसनल रिपब्लिक– उडिरहेको माहुरी
जय मातृभूमि– काखमा बच्चा लिएकी आमा
श्रम संस्कृति– अञ्जुलीमा लिएको माटो
स्वाभिमान पार्टी– बाली बोकेको महिलाको आकृति
नागरिक शक्ति– त्रिशूल
मितेरी पार्टी नेपाल– घोडा
नेकपा माओवादी– गोलो घेराभित्र दुई पात भएको गुलाफ
सार्वभौम नागरिक– गाढा नीलो रङको गोलाकारभित्र २४ वटा किलाको चक्र
राष्ट्रिय जनमुक्ति– हात मिलाएको
राष्ट्रिय ऊर्जाशील– चापाकल (ट्युबवेल)
नेपाली जनता दल– सिटी
त्रिमूल नेपाल– ओदान
प्रजातान्त्रिक पार्टी नेपाल– रथ
नेपाल मातृभूमि– बलिरहेको दियो
नेपाल संघीय समाजवादी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति (एकल चिह्न)– बस
राष्ट्रिय गौरव पार्टी– पाँचमुखे रुद्राक्षको दाना
नेपाली कांग्रेस (बीपी)– करुवा
राष्ट्रिय मुक्ति आन्दोलन– षट्कोण
राष्ट्रिय मुक्ति पार्टी नेपाल, जसपा र नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चिह्न)– चकिया (जाँतो)
राष्ट्रिय निर्माण दल नेपाल– गोलो घेराभित्र पानीको बोतल
उन्नत लोकतान्त्र– खुला किताब
समावेशी समाजवादी– श्रीवत्स समृद्धिको प्रतीक
आम जनता पार्टी र जनादेश पार्टी नेपाल (एकल चिह्न)– मोबाइल
पिपुल फर्स्ट पार्टी– दुई औंला खुलेको तीन औंला बन्द भएको हातको आकृति
सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपाल (एकल चिह्न)– जगर भएको सिंह
जनअधिकार पार्टी– डुंगा
जनता लोकतान्त्रिक पार्टी– भैँसी

हेर्नुहाेस् समानुपातिकतर्फको मतपत्र


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad