राजनीति


फागुन २१ पछिको संसद बैठक पुतली बगैँचास्थित निर्माणाधीन भवनमा बस्ने

फागुन २१ पछिको संसद बैठक पुतली बगैँचास्थित निर्माणाधीन भवनमा बस्ने

संसद सचिवालयका प्रवक्ता एकराम गिरी


नेपालखबर
माघ १८, २०८२ आइतबार १७:३२, काठमाडौँ

आगामी २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संसद भवनमै सञ्चालन हुने भएको छ। 

निर्वाचनपछिको संसद सञ्चालन गर्न सरकारले निर्माणाधीन संसद भवन उपलब्ध गराउने जानकारी गरिसकेको संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिए। 

प्रवक्ता गिरीले निर्माणाधीन संसद भवनका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने जानकारी गराएको बताए।

उनकाअनुसार प्रतिनिधि सभा गठन भइसकेपछि राष्ट्रिय सभाको बैठक समेत सोही निर्माणाधीन संसद भवनबाटै सञ्चालन हुनेछ।

प्रवक्ता गिरीले निर्माणाधीन संसद भवनको ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिसकेको भन्दै चैतसम्म बाँकी काम सम्पन्न गर्नेगरी सरकारसँग निरन्तर छलफल भइरहेको बताए। उनले निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सञ्चालनको लागि सचिवालयले अन्य कुनै विकल्प नहेरेको समेत बताए।

प्रवक्ता गिरीले अत्याधुनिक प्रविधिसहित निर्वाचनपछिको संसद सञ्चालन गर्न आवश्यक तयारी भइरहेको समेत जानकारी दिए। 

उनले भने, ‘पछिल्लो छलफलअनुसार नेपाल सरकारले जुन निर्माणाधीन संसद भवन छ त्यसमा १२ वटा भवन रहेका छन्। जसमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने अब गठन हुने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकसमेत निर्माणाधिन संसद भवनमै बस्ने जानकारी सरकारले गराएको छ। अहिले त्यहाँ ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ।’

यसअघि संसद बैठक बस्दै आएको काठमाडौंको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन–जी आन्दोलनको क्रममा आन्दोलनकारीहरूले आगजनी गरेर ध्वस्त बनाएका थिए। उक्त भवनको पुर्ननिर्माण कार्य अझै सुरु भएको छैन।

हाल राष्ट्रिय सभाको १९ औँ अधिवेशन सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad