राजनीति


वामपन्थी शक्तिलाई हराउने षड्यन्त्र भइरहेको छ : अग्नि सापकोटा

वामपन्थी शक्तिलाई हराउने षड्यन्त्र भइरहेको छ : अग्नि सापकोटा

नेपालखबर
माघ १५, २०८२ बिहिबार १४:२२, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले आगामी चुनावमा वामपन्थीलार्य हराउने षड्यन्त्र भइरहेको बताएका छन्। 

प्रेस सेन्टर नेपालको २२औँ स्थापना दिवसका अवसरमा आयोजित पुरस्कार वितरण तथा प्रशिक्षण कार्यक्रममा बोल्दै सापकोटाले वामपन्थी विरुद्ध षड्यन्त्र भइरहेको बताएका हुन्। ‘चुनावमा वामपन्थी शक्तिलाई पराजित गर्ने षड्यन्त्र भइरहेको छ,’ सापकोटाले भने। 

आगामी चुनावमा नेकपाले राम्रो नतिजा ल्याउने उनको भनाइ थियो। ‘प्रत्येक्षमा पार्टीले सोचेभन्दा राम्रो नतिजा ल्याउनेछ। समानुपातिकमा पनि विगतको भन्दा धेरै मत आउँछ,’ उनले भने। 

विगतमा गरिएका गल्ती सच्याउँदै अघि बढेकाले राम्रो नतिजा आउने उनको भनाइ थियो। ‘विगतमा हामीले गल्ती गरेकै हो। अहिलेको संकट विचारविहीनताले सिर्जना गरेको हो,’ उनले भने।

अहिलेको संकटनमा शक्तिराष्ट्रको पनि हात रहेको उनको जिकिर थियो। ‘नेपाल शक्तिराष्ट्रको नजरमा पर्‍यो। जसले संकट आयो,’ सापकोटाले भने, ‘शक्तिराष्ट्र ठूलो तयारीमा रहेको थिए, तर हामी बेखबर भयौँ। अब गल्ती सुधारेर अघि बढ्नुको विकल्प छैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad