राजनीति


भरतपुरका इन्जिनियरले श्रीमतीका नाममा किने गाडी-बंगला, भ्रष्टाचार भएको भन्दै अख्तियार पुग्यो अदालतमा

भरतपुरका इन्जिनियरले श्रीमतीका नाममा किने गाडी-बंगला,  भ्रष्टाचार भएको भन्दै अख्तियार पुग्यो अदालतमा

नेपालखबर
माघ १३, २०८२ मंगलबार १७:४५, काठमाडौँ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका पूर्व वरिष्ठ इन्जिनियर भरतकुमार आचार्यविरुद्ध ६ करोड ७८ लाख रुपैयाँभन्दा बढी अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा आचार्यले पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको दाबीसहित मुद्दा दर्ता गरेको हो।६ करोड ७८ लाखको बिगो दाबीअख्तियारका अनुसार आचार्य २०४८ माघ ६ गते सरकारी सेवामा प्रवेश गरेका थिए।

२०८० असोज ६ गतेसम्मको उनको सेवा अवधिको सम्पत्ति जाँचबुझ गर्दा ठूलो वैधानिक स्रोत नखुलेको भेटिएको हो।कुल अवैध रकम ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँको स्रोत पारिश्रमिक, भत्ता र अन्य वैधानिक आयको तुलनामा यो रकम अस्वाभाविक देखिएको अख्तियारको ठहर छ।

पत्नीका नाममा लुकाइएको सम्पत्तिअनुसन्धानका क्रममा आचार्यले गैरकानूनी रूपमा आर्जन गरेको रकम आफ्नी पत्नी लिली सुवेदीका नाममा लगानी गरेको देखिएको छ। उक्त रकमबाटस्विभिन्न स्थानमा जग्गा खरिद, आलीशान घर निर्माण, विलासी गाडी खरिद, बैंक खाताहरूमा ठूलो रकम मौज्दात, अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम आचार्यकी पत्नी लिलीलाई पनि प्रतिवादी बनाएको छ।

अवैध रूपमा आर्जन गरी पत्नीका नाममा राखिएको सम्पत्ति जफत गर्न मागदाबी गरिएको छ। आचार्यको वैध आयको तुलनामा खर्च र लगानीको अनुपात अमिल्दो देखिएकाले भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको सजाय र बिगो असुलको माग गरिएको छ,' अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad