राजनीति


नेकपाका बागी उम्मेदवार फिर्ता गराउन हतारिएर काठमाडौँ फर्किए प्रचण्ड

नेकपाका बागी उम्मेदवार फिर्ता गराउन हतारिएर काठमाडौँ फर्किए प्रचण्ड

नेपालखबर
माघ ७, २०८२ बुधबार २०:११, काठमाडौँ

उम्मेदवारी मनोनयन गर्न रुकुम पूर्व पुगेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौँ फर्किएका छन्।
माघ ५ गते उम्मेदवारी दर्ता गर्न उनी रुकुम पश्चिमहुँदै सडकमार्गबाट रुकुम पूर्व पुगेका थिए।

मंगलबार उम्मेदवारी दर्ता गरेपछि उनले सहिद परिवार, घाइते परिवारका सदस्यसँग भेटवार्ता गरेका थिए।  बुधबार बिहान पनि केही मतदाता भेटेपछि प्रचण्ड दिउँसो काठमाडौँ फर्किएको उनको सचिवालयलले जनाएको छ।

दाङ, सिन्धुली, उदयपुर, सर्लाही, कालिकोट लगायत जिल्लामा पार्टीले तोकेका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेपछि त्यसलाई टुंगो लगाउन प्रचण्ड रुकुमबाट हतारिएर काठमाडौँ फर्किएको सचिवालयको भनाइ छ।

उनी फर्किएपछि पनि रुकुम पूर्वमा चुनावी अभियान जारी रहेको नेकपाका नेता गणेशमान पुनले बताए। २०७० सालपछि नेकपाले देशभरका १६४ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। प्रचण्ड चुनावी प्रचारमा निर्वाचन क्षेत्रमा जाने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad