राष्ट्रिय जनमोर्चाले ४० जिल्लाका विभिन्न क्षेत्रबाट उम्मेदवार तय गरेको छ।
जनमोर्चाले प्रत्यक्षतर्फ ४० जिल्लाका ७० क्षेत्रबाट उम्मेदवार तय गरेको हो।
समानुपातिकतर्फ भने जनमोर्चाले ११० जनाको बन्दसूची बुझाएको छ।
पदाधिकारीमध्ये महासचिव मनोज भट्ट (मणिराज) डोटीबाट उम्मेदवार बन्दैछन्।
अध्यक्ष चित्रबहादुर केसी, कार्यवाहक अध्यक्ष रश्मीराज नेपाली र उपाध्यक्ष दुर्गा पौडेल समानुपातिक सूचीमा छन्।
चुनावी गठबन्धन नगर्ने निर्णय गरेको जनमोर्चाले बागलुङमा भने नेकपासँग तालमेल गरेको छ।
बागलुङको क्षेत्र नं१ मा पार्टीका पूर्वसचिव कृष्ण अधिकारी उम्मेदवार बन्दा २ मा भने नपाली कम्युनिष्ट पार्टीका ज्ञाननाथ गैरेलाई सघाउने भएको छ।
यी हुन् जनमोर्चाका उम्मेदवार


747
Shares

प्रतिक्रिया