राजनीति


दाङ-१ र २ मा कांग्रेसले टुंग्यायो उम्मेदवार

दाङ-१ र २ मा कांग्रेसले टुंग्यायो उम्मेदवार

किरण किशोर घिमिरे र योगेन्द्र चौधरी


नेपालखबर
माघ ५, २०८२ सोमबार २०:४५, काठमाडौँ

नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा चुनावका लागि दाङका २ क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ। 

कांग्रेसले दाङ- १ मा सहमहामन्त्री योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ। चौधरी विशेष महाधिवेशनमा थारू क्लस्टरबाट सहमहामन्त्री बनेका थिए। 

त्यस्तै दाङ-२ मा किरण किशोर घिमिरेलाई टिकट दिइएको छ। घिमिरे पहिलो पटक निर्वाचनमा होमिन लागेका हुन्। 

दाङ-३ मा भने कांग्रेसले अझै उम्मेदवार टुंगो लगाउन बाँकी रहेको सहमहामन्त्री चौधरीले बताए। 

यो क्षेत्रमा नेता दीपक गिरी र जिल्ला सभापति शंकर डाँगी मुख्य दाबेदार छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad