राजनीति


भारतबाट स्वदेश फर्कन चाहने नेपालीलाई आउने वातावरण बनाउनुपर्छः राजदूत आचार्य

भारतबाट स्वदेश फर्कन चाहने नेपालीलाई आउने वातावरण बनाउनुपर्छः राजदूत आचार्य

नेपालखबर
बैशाख २४, २०७७ बुधबार १६:४८,

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले लकडाउनका कारण भारतमा अल्पत्र परेका नेपाली नागरिकहरुलाई नेपाल फर्कने वातावरण बनाउनुपर्ने बताएका छन्।

उनले सामाजिक सञ्जाल ट्विटरमा सो धारणा व्यक्त गरेका हुन्।

‘लकडाउन र नेपाल–भारत सीमाबन्दको अहिलेको अवस्थामा भारत प्रवासमा रहेका नेपाली मजदूर, विद्यार्थी, पर्यटक र अन्यको जीवन बढ्दो कष्टकर बन्दैछ,’ आचार्यले ट्विटरमा लेखेका छन्, ‘विपतको यो समयमा नेपाल फर्कन चाहनेहरूलाई फर्कने सुरक्षित वातावरण बनाउनुपर्छ।’

त्यस्तो व्यवस्था नहुँदासम्म कष्ट कठिनाई कम गर्ने दूतावासका प्रयास बढाउन आफू सजग रहेको उनले बताएका छन्।

हाल हजारौं नेपाली भारतका विभिन्न क्षेत्रमा अल्पत्र परेका र निकै कठिनाईमा परेका खबरहरु सार्वजनिक भइरहेका छन्।

भारतमा लाखौं नेपालीहरु काम गर्न, अध्ययन, उपचार तथा अन्य बिभिन्न प्रयोजनका लागि रहने गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad