राजनीति


पूर्वमन्त्री प्रदीप यादव र इस्तिहाक राईले छाडे जसपा, केपी ओलीले गरे एमालेमा स्वागत

पूर्वमन्त्री प्रदीप यादव र इस्तिहाक राईले छाडे जसपा, केपी ओलीले गरे एमालेमा स्वागत

नेपालखबर
माघ ५, २०८२ सोमबार ८:४३, काठमाडौँ

पूर्वमन्त्री प्रदीप यादव र इस्तिहाक राईसहितका नेता कार्यकर्ताले जनता समाजवादी पार्टी परित्याग गरेका छन्। 

उनीहरु जसपा परित्याग गरि एमालेमा प्रवेश गरेका हुन्। 

वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पूर्वमन्त्रीहरु प्रदिप यादव र इस्तिहाक राईसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।
 
गएराति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा गएर उनीहरु एमाले प्रवेश गरेका हुन्। 

एमाले केन्द्रीय सदस्य एवं पर्साका संयोजक प्रभु हजाराका जसपा त्यागेर एमालेमा प्रवेश गरेका नेता कार्यकर्तालाई अध्यक्ष ओलीले खादा लगाएर स्वागत गरेका छन्। 

यादव र राई अशोक राई नेतृत्वको जसपाका उपमहासचिव थिए।

वीरगञ्ज महानगरपालिकाका ७ जना वडाअध्यक्ष पनि प्रमुख सिंहसँगै एमालेमा प्रवेश गरेका छन्। 

हजाराका अनुसार यादवलाई एमालेले पर्सा १ मा एमालेले उम्मेद्वार बनाउने भएको छ। यस्तै राईलाई एमालेले बाँके २ मा उम्मेदवार बनाउने भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad