नेकपा एमालेले आगामी फागुन २१ गते हुन गइरहेको चुनावका लागि ताप्लेजुङबाट क्षितिज थेबेलाई उठाउने भएको छ।
पार्टी उपमहासचिव योगेश भट्टराईलाई टिकट नदिएर एमालेले थेबेलाई दिएको हो। उनी एमाले निकट राष्ट्रिय युवासंघका अध्यक्ष हुन्।
‘हिजै निर्णय भएको हो,’ टिकट पाएका थेबेले नेपालखबरसँग भने, ‘आज सार्वजनिक भएको मात्र हो।’
भट्टराईले ताप्लेजुङबाट २०७४ र २०७९ को चुनाव जितेका थिए।
2.3k
Shares

प्रतिक्रिया