नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीको आधिकारिकताबारे सर्वोच्च अदालतबाट हुने फैसला मानेर जाने बताएका छन्।
आइतबार बत्तीसपुतलीमा भएको आफूूपक्षीय नेताहरुको भेलामा कोइारालाले निर्वाचन आयोगको निर्णयविरुद्ध आज अदालतमा पुगेको भन्दै त्यहाँबाट आउने निर्णय मान्य हुने बताएका हुन्।
‘यो निर्वाचन आयोगले गरेको निर्णलाई हामीले च्यालेन्ज गरेका छौँ,’ कोइरालाले भने, ‘अदालतमा गएको छ। अदालतले जे निर्णय गर्छ, त्यो हामीलाई स्वीकार्य हुन्छ।’
उनीसँगै धनराज गुरूङ, बलबहादुर केसी, जीवन परियार, गोविन्दराज पोखरेल, दीपक गिरी, रामकृष्ण यादव, डिगबहादुर लिम्बूलगायत नेता भेलामा उपस्थित थिए।
1.3k
Shares

प्रतिक्रिया