पछिल्लो समय राजनीतिक वृत्तमा अनेकौँ अड्कलबाजी भइरहँदा आइतबार बालुवाटारदेखि बालकोटसम्म तरंग पैदा गर्ने राजनीतिक घटना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाले आफ्नो केन्द्रीय कार्यालयमा काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) का लागि छुट्टै 'विशिष्ट कार्यकक्ष' तयार पारेको छ।
यो कक्ष काठमाडाैं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर पार्टी राजनीतिमा प्रवेश गर्न लागेका बालेन्द्र (बालेन) साहका लागि हो।
रास्वपाले बालेनलाई 'वरिष्ठ नेता'को मर्यादाक्रममा राख्दै कार्यालयभित्रै कार्यकक्ष व्यवस्थापन गरेको छ। अहिलेसम्म चिया गफ र अनौपचारिक भेटघाटमा सिमित बालेन-रवि सम्बन्ध अब संस्थागत सहकार्यको बाटोमा अघि बढेको हो।
सभापति रवि लामिछानेको कार्यकक्ष सँगैको कोठामा बालेनका लागि कार्यकक्ष तयार पारिएको छ। आइतबार महानगरको कार्यकारी पद छोडेका उनले अब सो कार्यकक्षबाट आफ्ना बैठक तथा पार्टीका नीतिगत छलफल गर्नेछन्।
बालेनको कोठा एक्जिुकेटिभ इन्टेरियर डिजाइन शैलीमा तयार पारिएको छ। उनको टेबलको दाहिनेपट्टि नेपालको राष्ट्रिय झन्डा छ। यो झन्डा सधैँ टेबलमा रहने हो वा आज स्वागत गर्ने दिनको लागि मात्र राखिएको हो प्रस्ट छैन।
रास्वपाभित्र बालेनलाई भित्र्याउन लामो समयदेखि कसरत भइरहेको थियो।
Shares

प्रतिक्रिया