राजनीति


बालेनले दिए काठमाडौँको मेयरबाट राजीनामा

बालेनले दिए काठमाडौँको मेयरबाट राजीनामा

नेपालखबर
माघ ४, २०८२ आइतबार १५:३१, काठमाडौँ

काठमाडौँ महागनरपालिकाका मेयर बालेन्द्र शाहले पदबाट राजीनामा दिएका छन्। 

आइतबार शाहले उपप्रमुख सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन्। स्थनीय तहका प्रमुखले उपप्रमुखलाई र उपप्रमुखले प्रमुखलाई राजीनामा दिनुपर्ने कानुनी व्यवस्था छ। 

आजैका मितिबाट लागू हुने गरी स्वेच्छाले राजीनामा दिएको बालेनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। आगामी प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने भएपछि उनले राजीनामा दिएका हुन्। 

‘नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा काठमाडौँ महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम, म काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट मिति २०८२/१०/०४ गतेदेखि लागू हुने गरी स्वेच्छाले राजीनामा पेश गर्दछु,’ राजीनामा पत्रमा भनेका छन्। 

मेयरको रुपमा आफूले नगर र नगरवासीको हितमा काम गरेको उल्लेख गर्दै आगामी दिनमा सफल नेतृत्वका लागि उपमेयर डंगोललाई शुभकामना पनि दिएका छन्। उनले भनको छन्, ‘अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास-यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्ने कामना गर्दै तपाई तथा नगर कार्यपालिकालाई सफलताको शुभेच्छा व्यक्त गर्दछु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad