राजनीति


११ एसएसपी सरुवा: अपराध अनुसन्धानमा खड्का, विमानस्थलमा रजौरे

११ एसएसपी सरुवा: अपराध अनुसन्धानमा खड्का, विमानस्थलमा रजौरे

नेपालखबर
माघ ४, २०८२ आइतबार १६:८, काठमाडौँ

नेपाल प्रहरीका ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालबाट एसएसपी सरुवाको निर्णय शुक्रबार भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। 

निर्णय अनुसार अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी वसन्त रजौरेले पाएका छन्। रजौरे प्रहरी प्रधान कार्यालयस्थित राजमार्ग तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत थिए। त्यसअघि उनले काठमाडौँ प्रहरी प्रमुखको रुपमा पनि काम गरेका थिए।

यसअघिका विमानस्थल सुरक्षा प्रमुख सोमेन्द्र सिंह राठौरलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ।  

यस्तै, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख पनि हेरफेर गरिएको छ। रमेशकुमार बस्नेतलाई त्यहाँबाट सरुवा गर्दै सन्तोष खड्कालाई जिम्मेवारी दिइएको छ।

बस्नेतलाई खड्का कार्यरत रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad