कारोबार


निर्वाचनलाई मितव्ययी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड

निर्वाचनलाई मितव्ययी बनाउनुपर्नेमा अर्थमन्त्रीको जोड

अर्थमन्त्री रामेश्वर खनाल (रासस)


नेपालखबर
माघ ४, २०८२ आइतबार १५:३६, काठमाडौँ

अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधिसभा सदस्य निर्वाचन मितव्ययी हुनुपर्नेमा जोड दिएका छन्।

निर्वाचन आयोगका पदाधिकारीसँग आज भएको छलफलमा कमभन्दा कम खर्चमा चुनाव सम्पन्न हुनुपर्नेमा जोड दिएका हुन्। 

यद्यपि उनले निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक स्रोतसाधन जुटाउने प्रतिबद्धता व्यक्त गरे। अर्थमन्त्रीले सरकारको ध्यान निर्वाचनमा केन्द्रित भएको र आयोग त्यसमा अहारात्र खटेकामा सबै पदाधिकारी र कर्मचारीको सह्राहना गरे। 

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यथाशीघ्र निर्वाचन आचारसंहिता लागू हुने जानकारी दिँदै त्यससम्बन्धमा मन्त्रिपरिषद् र उच्च पदस्थ अधिकारीहरुलाई अवगत गराइने  बताए। 

त्यस अवसरमा आयुक्तद्वय सगुनशम्शेर जबरा र  जानकीकुमारी तुलाधर, सचिव कृष्णबहादुर राउतलगायत आयोगका उच्च अधिकारीले अर्थमन्त्रीलाई निर्वाचन तयारीबारे गराएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad