प्रवास


पोल्यान्डमा मगर समुदायले मनाए माघे सङ्‌क्रान्ति (तस्बिरहरू)

पोल्यान्डमा मगर समुदायले मनाए माघे सङ्‌क्रान्ति (तस्बिरहरू)

शेरबहादुर परियार
माघ ४, २०८२ आइतबार १३:५७, मध्य युरोप

पोल्यान्डमा मगर समुदायले माघे सङ्‌क्रान्ति मनाएका छन्। माघ १ मा मनाइने मगर समुदायको यो विशेष पर्व शनिबार एक कार्यक्रम गरी मनाइएको हो। प्रवासमा बिदाको समय मिलाउँदा बिहीबारको पर्व शनिबार मनाइएको आयोजकको कथन छ।

पोल्यान्डको चौथो ठूलो सहर भ्रोस्वावस्थित डिके इन्डियन एन्ड नेपालस्की किचनमा आयोजित कार्यक्रममा मगर समुदायले आपसमा शुभकामना आदान-प्रदान गरे।

नेपाल मगर संघ पोल्यान्ड शाखाले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा मगर जातिको मौलिक संस्कृति झल्किने नृत्य, भेषभूषा, खानपानलगायत प्रस्तुत गरिएको थियो।

यो पर्व मगर जातिमा मुख्यत: चेलीबेटीको चाड भएकाले चेलीबेटीको पूजा गर्दै उनीहरूलाई टीकाटालो र मिष्ठान भोजन (खिचडी, घ्यु, तरुल, अदुवा, सेलरोटी, बारा–बटुक, गुड आदि) सहित मनाइन्छ। साथै, आफ्ना कुलपितृको सम्झनामा खिचडी, फलफूल तथा फूलपत्रले पूजाआजा गरिने परम्परा छ।

प्रवासमा रहेर पनि आफ्नो समुदायको कला र संस्कृतिलाई मर्न नदिने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको पोल्यान्ड शाखाका अध्यक्ष नवराज राना मगरले बताए। कार्यक्रममा फ्रान्स, माल्टालगायत युरोपका विभिन्न मुलुकबाट मगर संघका प्रतिनिधिको उपस्थिति रहेको थियो।

भाषा, भेषभूषा, कला र सांस्कृतिक विविधताले सम्पन्न मगर समुदाय जनसङ्ख्याको हिसाबले नेपालको तेस्रो ठूलो तथा आदिवासी जनजाति समुदायको पहिलो जातिमा पर्दछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad