राजनीति


बालेन जाने भएपछि घन्टीघरमा र्‍यापिड एक्सन टिमका कार्यकर्ताको बाक्लो उपस्थिति (तस्बिरहरू)

बालेन जाने भएपछि घन्टीघरमा र्‍यापिड एक्सन टिमका कार्यकर्ताको बाक्लो उपस्थिति (तस्बिरहरू)

सरोज शाही
माघ ४, २०८२ आइतबार १३:१४, काठमाडौँ

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) आज पहिलो पटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कमिटी बैठकमा जाने भएका छन्। 

आज दिउँसो २ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्दै छ। केन्द्रीय समितिको बैठकमा बालेन उपस्थित हुन लागेको रास्वपा प्रवक्ता मनीष झाले बताए। 


गत पुस १३ मा रास्वपा सभापति रवि लामिछाने र बालेनबीच सहमति भएको थियो। त्यसपछि उनलाई रास्वपाले केन्द्रीय सदस्य मनोतिन गरेर दोस्रो वरीयता प्रदान गरेको थियो। 

बालेन रास्वपाको केन्द्रीय कार्यालय घन्टीघर उपस्थित हुँदा रास्वपाको र्‍यापिड एक्सन टिम (आरएटी)का कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ। 

आरएटी रास्वपाको भ्रातृ संगठन हो। यसलाई यसअघि विपद प्रतिकार्यका काममा परिचालन गरिने गरिएको थियो।


प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad