नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पक्षका नेता तथा कार्यकर्तालाई छलफलका लागि बोलाएका छन्।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिएपछि शेरबहादुर देउवा समूह र शेखर समूह विरोधमा छन्। निर्वाचन आयोगको निर्णय विरुद्ध देउवा समूह सर्वोच्च अदालत जाँदा शेखर समूहले भेला बोलाएको हो।
आइतबार दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम् फुडल्यान्डमा भेला बोलाइएको एक नेताले बताए। देउवा समूह सर्वोच्च अदालत जाँदा शेखर समूहका नेता भने देखिएका छैनन्।
तथापि, सर्वोच्चमा दिएको रिटमा शेखर पक्षका केन्द्रीय सदस्यको पनि हस्ताक्षर रहेको छ।
654
Shares

प्रतिक्रिया