राजनीति


जनार्दन शर्मा नेतृत्वको प्रलोपाले मकवानपुरका दुवै क्षेत्रमा टुंग्यायो प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार

जनार्दन शर्मा नेतृत्वको प्रलोपाले मकवानपुरका दुवै क्षेत्रमा टुंग्यायो प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार

नेपालखबर
माघ ३, २०८२ शनिबार १४:८, हेटाैँडा

प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) ले मकवानपुरका दुवै क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंगो लगाएको छ। 

आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि जर्नादन शर्मा नेतृत्वको दल प्रलोपाले मकवानपुरको दुवै निर्वाचन क्षेत्रका लागि प्रत्यक्ष तर्फको उम्मेदवार टुंगो लगाएको हो। 

मकवानपुर–१ बाट तेजराज उप्रेती (रमेश) र क्षेत्र नम्बर २ बाट सन्तोष विष्टले उम्मेदवारी दर्ता गराउने प्रलोपा मकवानपुरले जनाएको छ। 

दुवै क्षेत्रबाट युवा उम्मेदवार अघि सारिएको सो पार्टीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad