नेपाली कांग्रेसको विशेष महाविधेशनबाट निर्वाचित सभापति गगन थापासहित पदाधिकारी र केन्द्रीय सदस्यहरू निर्वाचन आयोग जान लागेका छन्।
निर्वाचन आयोगले बोलाएकाले थापासहितको टोली आयोग जान लागेको नेता सुभाष पोखरेलले बताए। ‘चुनाव चिह्नलगायतका विषयमा छलफल गर्नका लागि भनेर आयोगले बोलाएकाले जान लागेका छौँ,’ पोखरेलले नेपालखबरसँग भने।
यसअघि शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतको टोली आयोग पुगेको थियो। उनीहरूले आधिकारिता दाबी गर्दै आयोगमा कागजात बुझाएका थिए।
त्यस्तै, बिहीबार थापा नेतृत्वको टोली आयोग पुगेको थियो। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिबारे जानकारी दिँदै अद्यावधिक गर्न निवेदन दिएको थियो। फेरि आज थापा नेतृत्वको टोली आयोग जान लागेको हो।
कांग्रेसको आधिकारितालाई लिएर विवाद निर्वाचन आयोग पुगेको छ। शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन वैधानिक नभएको दाबी गरेको छ। थापा पक्षले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले आफूलाई आधिकारिता दिनुपर्ने दाबी गरेको छ।
Shares

प्रतिक्रिया