राजनीति


कांग्रेसको आधिकारिकता दाबी गर्दै गगन–विश्वको पत्र पुग्यो निर्वाचन आयोग

कांग्रेसको आधिकारिकता दाबी गर्दै गगन–विश्वको पत्र पुग्यो निर्वाचन आयोग

नेपालखबर
पुस ३०, २०८२ बुधबार १७:३१, काठमाडौँ

विशेष महाधिवेशन पक्षधर आधिकारिक कांग्रेस भएको दाबी गर्दै गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचन आयोगमा पत्र पठाएका छन्।

थापा र शर्माले बहुमत महाधिवेसन प्रतिनिधि भृकुटीमण्डपमा रहेको दाबी गर्दै विशेष महाधिवेशनबाट निर्वाचित हुने नेतृत्व नै आधिकारिक हुने भन्दै आयोगमा पत्र पठाएका हुन्।

पत्रमा यसअघिको कार्यसमिति भंग भइसकेको पनि दाबी गरिएको छ। 

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले दुवै पक्षको पत्र प्राप्त भइसकेको पुष्टि गरे।

‘दुवै पक्षको पत्र प्राप्त भइसकेको छ। पत्र अहिले राजनीतिक शाखामा छ, अध्ययन भइरहेको छ’, आयोगका प्रवक्ता भट्टराईले नेपालखबरसँग भने। 

कार्यबाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वमा सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्री द्वयलाई निस्काशन गरिसकेको छ। निस्काशन पछि सभापति देउवाले निर्वाचन आयोगमा पत्र पठाइसकेका छन्।

यता भृकुटीमण्डपमा चलिरहेको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा समिति चयनको प्रक्रिया अगाडि बढेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad