यही जनवरी २१ देखि संयुक्त राज्य अमेरिकाको बी१ वा बी २ अर्थात् व्यावसायिक वा पर्यटक भिसा स्वीकृत भएका नेपालीले अधिकतम १५ हजार डलरसम्म धरौटी तिर्नुपर्ने भएको छ।
नेपालस्थित अमेरिकी दूतावासले धरौटीबारे स्पष्ट पार्दै जनवरी २१ देखि यो नियम लागू हुने जनाएको हो।
दूतावासका अनुसार जनवरी २१ (माघ ७)अघि जारी गरिएको मान्य बी १ वा बी २ भिसावाहकको हकमा धरौटी लागू हुनेछैन।
धरौटी रकम अग्रिम रुपमा नतिर्न पनि दूतावासले आग्रह गरेको छ। यसले भिसा सुनिश्चित नगर्ने र तेस्रो पक्षका वेबसाइटहरु ठगी हुनेतर्फ दूतावासले सचेत गराएको छ।
अन्तर्वार्ताअघि गरिएको कुनै पनि भुक्तानी फिर्ता नहुने र भिसाका सर्त पालना गरेमा धरौटी रकम फिर्ता गरिने दूतावासले जनाएको छ।
141
Shares

प्रतिक्रिया