नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा कानुन व्यवसायी पनि सहभागी भएका छन्।
बुधबार दिउँसो सुरु भएको बैठकमा कांग्रेस निकट कानुन व्यवसायी सहभागी रहेका छन्। उनीहरूलाई कानुनी परामर्शका लागि बोलाइएको बैठकमा सहभागी कांग्रेसका एक नेताले बताए।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेको छ। विशेष महाविधेशनमा निर्वाचन प्रक्रिया सुरु भइसकेको छ।
दुई दिनयता संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच छलफल भए पनि सहमति जुट्न सकेको छैन। यस्तो वेला बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा परामर्शका लागि कानुन व्यवसायीलाई सहभागी गराइएको छ।
612
Shares

प्रतिक्रिया