हाल नेपाली कम्युनिस्ट पार्टी बने नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौँको शंकरदेव क्याम्पसमा जेनजी फोर्स गठन गरेको छ।
इन्जिनियर युवराज शाहीको संयोजकत्वमा १५१ सदस्यीय कमिटी बनाइएको छ।
कमिटीमा नरदेव उपाध्याय, राजु मेहेता, अभिषेक सिंह, लविन तामाङ, साजन रानाभाट, आशिका थापा मगर, सुदिप खड्का र अनुप ढकाल सह-संयोजक रहेका छन्।
भेलाको अध्यक्षता अनेरास्ववियू अध्यक्ष महेश श्रेष्ठले गरेका थिए। कार्यक्रममा नेकपा नेता मोहन गौतम पनि उपस्थित थिए।
66
Shares

प्रतिक्रिया