राजनीति


कांग्रेस विवाद मिलाउन तीनै पक्षको टोली फेरि वार्तामा

कांग्रेस विवाद मिलाउन तीनै पक्षको टोली फेरि वार्तामा

नेपालखबर
पुस २९, २०८२ मंगलबार १५:२७, काठमाडौँ

नेपाली कांग्रेसको विवाद समाधानका लागि तीनै पक्षको टोली दोस्रो चरणको वार्ता बसेका छन्। 

संस्थापन, नेता डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधरबीच दिउँसो ३ बजेबाट दोस्रो चरणको वार्ता सुरु भएको प्रदीप पौडेल नेपालखबरले बताए। मंगलबार बिहान साढे ८ बजेबाट साढे ११ बजेसम्म लाजिम्पाटमा पार्टीभित्रको तीन पक्षका ८ जना नेताबीच संवाद भएको थियो। 

छलफलमा सभापति शेरबहादुर देउवा पक्षीय नेता रमेश लेखक र बालकृष्ण खाण, नेता कोइराला पक्षीय सहमहामन्त्री जीवन परियार र नेता मीनेन्द्र रिजाल तथा महामन्त्रीद्वय पक्षीय नेता प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे सहभागी थिए। पहिलो चरणको संवाद सकारात्मक भएको नेताहरूको भनाइ थियो।

त्रिपक्षीय वार्ताबीच सानेपामा केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ भने भृकुटीमण्डमा विशेष महाधिवेशनको प्रक्रिया अगाडि बढिरहेको छ। पार्टी विवाद समाधानको सहमति भएपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता कोइराला विशेष महाधिवेशनस्थत भृकुटीमण्ड पुगेर सम्बोधन गर्ने विषयमा छलफल भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad