राजनीति


कांग्रेस विशेष महाधिवेशनमा संवैधानिक राजतन्त्र पुनर्बहालीको माग

कांग्रेस विशेष महाधिवेशनमा संवैधानिक राजतन्त्र पुनर्बहालीको माग

नेपालखबर
पुस २९, २०८२ मंगलबार १२:१०, काठमाडौँ

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मंगलबार गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले संवैधानिक राजतन्त्रलाई पुनर्बहाली गर्नुपर्ने माग गरेका छन्। 

काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा गण्डकी प्रदेशका तर्फबाट आफ्नो धारणा राख्दै शर्माले देश र जनता बचाउनु पहिलो काम भएको बताए। देशमाथि परिरहेको संकटको समाधान गर्न नेपाली कांग्रेसको नेतृत्वको खोजि भइरहेको उनको भनाइ थियो। 

‘नेपाली कांग्रेस बचाउनु पहिलो काम हो। देशमाथि परेको संकटलाई समाधान गर्न पनि नेपाली कांग्रेसको नेतृत्व खोजेको छ। तसर्थ परिमार्जित, देश र जनताको सेवामा समर्पित नेतृत्व निर्माण गरी महाधिवेशनबाट चयन गरौँ,’ शर्माले भने। 

उनले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता, हिन्दू धर्म पुनर्बहाली गर्नुपर्ने जिकिर गरे। ‘विशेष महाधिवेशनलाई ऐतिहासिक बनाउन माग गर्दछौँ। राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता, हिन्दू धर्म पुनर्बहाली गरौँ। संवैधानिक राजतन्त्रलाई पुनर्बहाली गर्न देशमा क्रियाशिल सबै शक्तिहरुसँग विचार विमर्श गरौँ,’ उनले भने। 

देश विकासमा जुट्न अब ढिलो भइसकेको उनको भनाइ थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad