राजनीति


जसपा नेपाल र लोसपाबीच एकीकरणपछि निर्वाचन आयोग पुगे उपेन्द्र यादव

जसपा नेपाल र लोसपाबीच एकीकरणपछि निर्वाचन आयोग पुगे उपेन्द्र यादव

नेपालखबर
पुस २८, २०८२ सोमबार १६:५२, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच एकीकरण भएपछि त्यसको विवरण निर्वाचन आयोगमा बुझाइएको छ। 

सोमबार अध्यक्ष उपेन्द्र यादव निर्वाचन आयोगमा पुगेर दुवै पार्टीबाट बुझाएको समानुपातिकतर्फको बन्द सूची अद्यावधिक गर्न निवेदन दिएका हुन्। 

दुवै पार्टीले हिजो एकीकणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए। एकतापछि पनि पार्टीको नाम जसपा नेपाल नै राखिएको छ। 

पार्टी अध्यक्ष उपेन्द्र यादव बनेका छन् भने संरक्षक महन्थ ठाकुर बनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad