राजनीति


रास्वपाबाट बुझाइएका समानुपातिक उम्मेदवार आफ्नै दलको हुनुपर्ने भन्दै उनेपा पुग्यो आयोग, अदालत पनि जाने

रास्वपाबाट बुझाइएका समानुपातिक उम्मेदवार आफ्नै दलको हुनुपर्ने भन्दै उनेपा पुग्यो आयोग, अदालत पनि जाने

नेपालखबर
पुस २८, २०८२ सोमबार १४:३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले एकतर्फी एकता तोडेको भन्दै समानुपातिकमा बुझाएको उम्मेदवारी आफ्नै दलको हुनुपर्ने माग राखेर उज्यालो नेपाल पार्टीले निर्वाचन आयोगमा निवेदन दिएको छ। 

रास्वपासँग एकता भएपछि उनेपाको तर्फबाट १४ जनालाई समानुपातिक तर्फको उम्मेदवारको सूचीमा राखिएको थियो। दुईजना उम्मेदवारले नाम फिर्ता लिएका थिए। बाँकी उम्मेदवार आफनै भएको दाबी गर्दै उनेपा आयोग पुगेको हो।

‘रास्वपामा एकता भएर बुझाएको उम्मेदवार हामीले नै पाउनुपर्ने माग राखेर आज हामी निर्वाचन आयोगमा जाँदैछौँ,’ उनेपाका एक नेताले नेपालखबरसँग भने, ‘आयोगले मान्छ कि मान्दैन, हामी जाँदैछौँ। आयोगले मानेन भने हामी अदालतमा मुद्दा पनि हाल्छौँ।’

पुस १४ गते रास्वपा र उनेपाबीच पार्टी एकता गर्ने सहमति भएको थियो। तर, त्यो सहमति १२ दिन भन्दा बढी टिक्न सकेन। 

रास्वापासँगको सहमति भंग भएपछि उज्यालो नेपाल पार्टीका संरक्षक रहेका कुलमान घिसिङ आफैँ अध्यक्ष भएर पार्टी अगाडि बढाउने घोषणा गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad