राजनीति


शेखरलाई देउवा र गगन-विश्व मिलाउने म्यान्डेट, बीचको बाटो खोज्ने

व्यर्थमा शेखरलाई गाली गरेको भन्दै चित्तदुखाई
शेखरलाई देउवा र गगन-विश्व मिलाउने म्यान्डेट, बीचको बाटो खोज्ने

नेपालखबर
पुस २८, २०८२ सोमबार १३:१७, काठमाडौँ

नेपाली कांग्रेसका नेता शेखर कोइराला पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षलाई मिलाउन लाग्ने भएका छन्। 

महामन्त्रीद्वयले विशेष महाधिवेशन आयोजना गरेर नेतृत्व परिवर्तनसम्म गर्नेगरि अगाडि बढ्न खोजिरहेका बेला पार्टी फुट्न सक्ने चिन्ताबीच शेखरले दुवै पक्षलाई मिलाउने जिम्मा पाएका हुन्। 

कोइराला पक्षको सोमबार बिहान भएको छलफलमा दुवै पक्षलाई सहजीकरण गर्न लाग्ने निर्णय भएको हो। कोइराला पक्षको भेलमा सहभागी भएका सहमहामन्त्री बद्री पाण्डेका अनुसार भेलामा सहभागी धेरैले मिलनबन्दु खोज्न प्रयासमा लाग्न धेरैले कोइरालालाई सुझाव दिएका थिए।

‘तपाईंले शेरबहादुर दाइलाई पनि भन्नुहोस्, पूर्णबहादुर खड्कासँग पनि कुृरा गर्नुहोस्,’ उनले भेलामा उठेका कुरा सुनाउँदै नेपालखबरसँग भने, ‘महामन्त्री दुईजनासँग पनि कुरा गर्नुहोस्। संवाद चलाउनुपर्छ।’

त्यस अनुसार शेखर कोइराला काममा लागिसकेको समेत उनले उल्लेख गरे। ‘तपाईंको काम पहल लिने हो, पहल लिनुहोस् भनेका छन् सबैले,’ पाण्डेले भने, ‘त्यसमा उहाँ लाग्नु भएको छ।’

शेखर पक्षले देखेको सम्भावित बीचको बाटो
शेखर पक्षले बीचको बाटो अपनाएर भए पनि दुवै पक्षलाई मिलाउन कोसिस गर्ने भएको छ। त्यसका लागि बीचको बाटो खोजिने पनि पाण्डेले बताए। 

उनका अनुसार त्यो भनेको नीतिगत परिवर्तन पार्टी सभापति शेरबहादुर देउवाले स्वीकार गर्नुपर्‍यो। ‘नीतिगत, संगठनात्मक पुर्नसंरचनाका कुरा केन्द्रले ग्रहण गर्नुपर्‍यो,’ पाण्डेले भने।

अनि, महामन्त्रीद्वय चाहिँ अहिले नै नेतृत्व परिवर्तनको अडान छोड्नुपर्‍यो भन्ने प्रस्ताव शेखर पक्षको छ। 

‘नेतृत्व परिवर्तनको कुरा अहिलेसम्भव छैन भन्ने कुरा त्यहाँ आएका (बन्दसत्र) साथीहरुले, २ महामन्त्रीले बुझ्नुपर्‍यो,’ पाण्डेले भने, नेतृत्व त आखिर बैशाखमा परिवर्तन भइहाल्छ। यसमा मिलनबिन्दु खोज्न चाहेको हो।’

व्यर्थमा शेखरलाई गाली

पाण्डे व्यर्थमा शेखरलाई गाली गरिएको बताउँछन्। उनका अनुसार अहिले लिने र दिने पोजिसनमा शेखर नभएकाले गाली गर्नु पनि बेकार छ।

‘शेखर कोइराले केही पनि गरेनन् भनेको छ,’ उनले भने, ‘गाली गरेको छ। उहाँ दिने ठाउँमा पनि हुनुहुन्न, माग्ने ठाउँमा पनि हुनुुहुन्न। दिने अधिकारी र मागकर्ताबीच सहजीकरण गरिदिने कुरा न हो। उहाँको तहबाट उहाँले सभापतिलाई भन्नु भएको छ। कार्यवहाक सभापतिलाई भन्नु भएको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad