राजनीति


विशेष महाधिवेशनले गर्‍यो आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय

विशेष महाधिवेशनले गर्‍यो आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय

नेपालखबर
पुस २८, २०८२ सोमबार १३:१२, काठमाडौँ

नेपाली कांग्रेसको विशेष महाधिवेशनले आगामी निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरेको छ। 

काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रले गठनबन्धन नगर्ने निर्णय गरेको हो। बन्दसत्रमा आगामी निर्वाचनमा कुनै पनि दलसँग् गठबन्धन नगर्ने प्रस्ताव पेश भएको थियो। त्यसलाई बन्दसत्रले ध्वनि मतले पारित गरेको हो। 

आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदै छ। त्यसलाई ध्यानमा राखेर गठबन्धन नगर्ने निर्णय गरिएको बन्दसत्रमा सहभागी एक नेताले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad