नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशनमा दुई हजार ६६२ जना महाधिवेशन प्रतिनिधि सहभागी भएका छन्।
कांग्रेस दोस्रो विशेष महाधिवेशन आयोजक समिति सचिवालयले आइतबार साँझ विज्ञप्ति प्रकाशित गरी २६ जना ६२ जना प्रतिनिधिको नाम दर्ता भएको जनाएको छ।
आइतबार उद्घाटन भएको विशेष महाधिवेशनमा आजै महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया सुरु गरिएको हो।
प्रदेशगत र भातृ सुभेच्छुक एवं जनसम्पर्क समिति समेतको छुट्टा छुट्टै दर्ता स्टल राखिएको थियो।
आयोजक समितिका अनुसार कोसी प्रदेशबाट ४२५ जना, मधेबाट ४४६, बागमती ४३२, गण्डकी २९६, लुम्बिनी ३९८, कर्णाली १३४, सुदूर पश्चिम १५८, उपत्यका १७८ र भातृ, शुभेच्छुक र जनसम्पर्कबाट १९५ गरी जम्मा २ हजार ६ सय ६२ जना प्रतिनिधि सहभागी भएका हुन्।
भोलि बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रिया सुरु गरिने दोस्रो विशेष महाधिवेशन सचिवालयको तर्फबाट युवराज पाण्डेयले जनाएका छन्।

Shares

प्रतिक्रिया