विशेष महाधिवेशन अवसरमा काठमाडौंका ठाउँ ठाउँबाट जुलुस निकाल्ने तयारी भइरहेको छ। जुलुसका कारण काठमाडौंको ट्राफिक जाम हुनसक्छ।
आज दिउँसो १ बजेदेखि भृकुटीमण्डपमा सुरु हुने उद्घाटन समारोहअघि कांग्रेसले काठमाडौँका विभिन्न ६ स्थानबाट शक्ति प्रदर्शनसहितको जुलुस निकाल्ने तयारी गरेको हो। विभिन्न जिल्लाबाट आएका कार्यकर्ता र काठमाडौँका क्षेत्रीय समितिहरूलाई छुट्टाछुट्टै स्थानमा जम्मा हुन फरक-फरक ठाउँ तोकिएको छ।
यस्ता छन् जुलुस निस्कने ६ रुट र सहभागी हुने जिल्ला:
१. सुन्धारा रुट
सहभागी: चितवन, अर्घाखाँची, नवलपुर, सुदूरपश्चिमका जिल्लाहरू र काठमाडौँ क्षेत्र नं ८, ९ र १०
रुट: सुन्धारा–वीर अस्पताल–रत्नपार्क–पुरानो बसपार्क हुँदै भृकुटीमण्डप।
२. रत्नपार्क रुट
सहभागी: नुवाकोट, रसुवा, धादिङ र काठमाडौँ क्षेत्र नं। ५, ६ र ७ का कार्यकर्ता।
रुट: रत्नपार्क–पुरानो बसपार्क हुँदै भृकुटीमण्डप।
३. पद्मकन्या क्याम्पस रुट
सहभागी: बाँके, बर्दिया, धनुषा, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा र काठमाडौँका ५, ६ र ७ क्षेत्रका कार्यकर्ता।
रुट: पद्मकन्या–पुतलीसडक–शंकरदेव क्याम्पस–पद्मोदय मोड हुँदै भृकुटीमण्डप।
४. शंकरदेव क्याम्पस रुट
सहभागी: भक्तपुर, काभ्रे, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली र काठमाडौँ क्षेत्र नं। २ र ३।
रुट: शंकरदेव–पुतलीसडक–पद्मोदय मोड हुँदै भृकुटीमण्डप।
५. कमलपोखरी रुट
सहभागी: काठमाडौँ निर्वाचन क्षेत्र १ र ४ का नेता(कार्यकर्ता।
रुट: कमलपोखरी–चारखाल–डिल्लीबजार–पुतलीसडक–शंकरदेव हुँदै भृकुटीमण्डप।
६. कुपण्डोल रुट
सहभागी: ललितपुर र मकवानपुरका नेता(कार्यकर्ता।
रुट: कुपण्डोल–थापाथली–त्रिपुरेश्वर–सुन्धारा–रत्नपार्क हुँदै भृकुटीमण्डप।
Shares

प्रतिक्रिया