राजनीति


एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, उम्मेदवार छनोट र घोषणापत्र तयारी विषयमा छलफल हुने

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, उम्मेदवार छनोट र घोषणापत्र तयारी विषयमा छलफल हुने

फाइल तस्बिर


नेपालखबर
पुस २६, २०८२ शनिबार ७:५७, काठमाडौँ

नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। 

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार शनिबार बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्य्रान्ड पार्टी प्यालेसमा बैठक बस्ने छ।

बैठकमा केन्द्रीय सदस्यहरूलाई आफ्नो नागरिकताको फोटोकपिसहित उपस्थित हुन एमालेले निर्देशन दिएको छ।

एघारौँ महाधिवेशनबाट नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको बैठक दोस्रोपटक बस्न लागेको हो। यसअघि प्रथम बैठक पुस ४ गते बसेको थियो। 

बैठकमा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छनोट, घोषणापत्र तयारी र चुनावी परिचालनलगायतका विषयमा छलफल हुने एमालेले जनाएको छ। 

केन्द्रीय कमिटीको बैठकबाट आवश्यक निर्णय गरेपछि पार्टी पूर्णरुपमा चुनावमा होमिने एमाले नेताहरुले बताएका छन्। 

२२ पुसमा बसेको एमाले केन्द्रीय सचिवालय बैठकले निर्वाचनलाई लक्षित गर्दै पदाधिकारीसहित केन्द्रीय सदस्यहरूको अस्थायी कार्यविभाजन गरेको थियो। 

केन्द्रीय कमिटी बैठक सकिएपछि २ माघमा निर्वाचन अभियानको सुरुवात र प्रदेश कमिटी घोषणा कार्यक्रम आयोजना गर्ने एमालेको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad