राजनीति


निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीद्वारा आयोग र सुरक्षा प्रमुखसँग छलफल

निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीद्वारा आयोग र सुरक्षा प्रमुखसँग छलफल

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १६:५१, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थालगायतका विषयमा निर्वाचन आयोगका प्रमुख र सुरक्षा निकायका उच्च अधिकारीसँग छलफल गरेकी छन्। 

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तद्वय जानकी तुलाधर, सगुनशमशेर जबरा, सचिव कृष्णबहादुर राउतलगायत अधिकारीको उपस्थिति थिए।  त्यस्तै अर्थमन्त्री रामेश्वर खनाल, कानुनमन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, मुख्य सचिव सुमनराज अर्याललगायत पनि उपस्थित थिए।

छलफलमा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री कार्कीले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन सुरक्षा निकायलाई आवश्यक निर्देशन दिएकी छन्। उनले निर्वाचन आयोगलाई निर्वाचन तयारी तिब्र पार्न आग्रह गर्दै सबै पक्षलाई निर्वाचन प्रक्रियामा सहभागी हुन अपिल गरेकी छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad