राजनीति


राप्रपाको ठहर: पार्टीको लोकप्रियतासँगै अनर्गल प्रचार बढ्यो

राप्रपाको ठहर: पार्टीको लोकप्रियतासँगै अनर्गल प्रचार बढ्यो

नेपालखबर
पुस २५, २०८२ शुक्रबार १६:४४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीले गरेका निर्णयविरुद्ध सामाजिक सञ्जाल र सञ्चारमाध्यममा अनर्गल प्रचार भइरहेको ठहर गरेको छ।

शुक्रबार विज्ञप्ति प्रकाशित गरी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले पार्टी विरुद्धका अनर्गल प्रचारमा संलग्न नहुन कार्यकर्तालाई सचेत गराएको छ।

राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आज बसेको केन्द्रीय पदाधिकारी बैठक पछि जारी विज्ञप्तिमा पार्टीले गरेको संस्थागत निर्णयको स्वामित्व लिन पनि सदस्यहरूलाई ध्यानाकर्षण गराएको छ।

‘विषम परिस्थितिमा पनि पार्टीको लोकप्रियता बढ्दै गएको, देशले बलियो राष्ट्रवादी शक्तिको खोजी गरिरहेको, सम्पूर्ण राष्ट्रवादी शक्ति एकीकृत बन्दै गएको र निर्वाचन नजिकिदै गरेको समयमा पार्टीप्रति भ्रम फैलाउने, जथाभावी अभिव्यक्ति दिने, अनेकन टिकाटिप्पणी गर्ने, कार्यकर्ता विभाजित तुल्याउने कार्यहरु पार्टीको वृहत्तर हित विपरीत र अवाञ्छित हुने हुँदा यस्ता कार्यमा संलग्न नहुन राप्रपा समग्र पार्टी पंक्तिलाई हार्दिक आग्रह गर्दछ’ विज्ञप्तिमा भनिएको छ, ‘पार्टीले संस्थागत रुपमा गरेको निर्णयको स्वामित्व हरेक तहले लिनु पार्टी सदस्यको कर्तव्य, धर्म र जिम्मेवारी रहेको सबैमा स्मरण गराउँदछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad