राजनीति


राजीनामा दिएपछि कुलमानले भने: रास्वपासँगको सहमति कार्यान्वयन हुन बाँकी, अझैसम्म दलमा आवद्ध छैन

राजीनामा दिएपछि कुलमानले भने: रास्वपासँगको सहमति कार्यान्वयन हुन बाँकी, अझैसम्म दलमा आवद्ध छैन

नेपालखबर
पुस २३, २०८२ बुधबार २१:५५, काठमाडौँ

पदबाट राजीनामा दिएका निवर्तमान ऊर्जामन्त्री कुलमान घिसिङले पदभन्दा ठूलो मूल्य हुने बताएका छन्।

बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएर पत्रकार सम्मेलन आयोजना गरेका घिसिङले आफू जिम्मेवारीबाट नभागेको बताएका छन्।

‘न त भाग्ने नियत हो, न त जिम्मेवारीबाट विमुख हुने’ राजीनामा दिँदै कुलमानले भने, ‘यो त मेरो आत्मसम्मान हो। पदभन्दा ठूलो मूल्य हुन्छ। कुर्चीभन्दा ठूलो सिद्धान्त हुन्छ। सरकारभन्दा ठूलो जनता हुन्छ।’

उनले आफू हालसम्म कुनै राजनीतिक दलको सदस्य नबनेको जिकीर पनि गरे।

उज्यालो नेपालको संरक्षक रहेका घिसिङ हालै राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने सहमतिका साथ सो दलले रास्वपासँग एकता गरेको थियो। 

तर, घिसिङले उक्त निर्णय कार्यान्वयन हुन बाँकी रहेको भन्दै आफू कुनै दलको सदस्य नबनेको दाबी गरे।

‘उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको सहमतिमा मेरो नाम उल्लेख भएको भए पनि उक्त समझदारी हालसम्म कार्यान्वयनमा आएको छैन। मैले अहिलेसम्म कुनै पनि राजीनितका पार्टीको सदस्यता लिएको छैन’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad