राजनीति


समय आयो, अब मेरो राजनीतिक जीवन सुरु भयोः कुलमान

समय आयो, अब मेरो राजनीतिक जीवन सुरु भयोः कुलमान

नेपालखबर
पुस २३, २०८२ बुधबार २२:९, काठमाडौँ

निवर्तमान मन्त्री कुलमान घिसिङले अब आफू राजीतिमा उत्रिएको बताएका छन्। 

बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा पत्र बुझाएपछि पत्रकार सम्मेलन गर्दै उनले अब समय आएको बताए। 

‘तपाईंहरूले सोध्नुहुन्थ्यो कहिले राजनीतिमा लाग्ने भनेर’ उनले भने, ‘अब त्यो समय आएको छ। मैले मन्त्री पदबाट राजीनामा दिएँ। भोलिदेखि नै म राजनीतिमा लाग्छु।’ 

उनले देशको अवस्था बदल्न अब आफू खुला रुपमा राजनीतिमा आएको बताए।

मन्त्री पदमा रहँदासम्म सबै ध्यान मन्त्रालयमै दिएको र तीनवटा मन्त्रालय सम्हालेको उनले बताए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad