ऊर्जा, जलस्रोत, भौतिक पूर्वधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने तयारी गरेका छन्।
उनले बुधबार अबेर ९ बजे सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामा दिने भएका हुन्।
‘उहाँले राजीनामा दिने हुने भयो,’ घिसिङका प्रेस संयोजक सचिन गौतमले नेपालखबरसँग भने, ‘अहिले ९ बजे मन्त्रालयमा पत्रकार सम्मेलन छ।’
रास्वपासँग एकता गरेर उपसभापति बनेपछि घिसिङलाई राजीनामा दिन दवाव बढेको थियो।
घिसिङले राजीनामा दिनेबारे बुधबार पार्टीका नेताहरु र मन्त्रालयका कर्मचारीहरुसँग छलफल गरेका थिए।
उज्यालो नेपाल पार्टीका नेताहरुले राजीनामा नदिन दिएको सुझावलाई समेत उनले अस्वीकार गरेका थिए।
बाहिर राजीनामा दिनुपर्ने कुरा उठेकाले अब मन्त्री पदमा नबस्ने बताएका थिए।
2.4k
Shares

प्रतिक्रिया