राजनीति


नेता निधिमाथि भएको दुर्व्यवहारप्रति गगन थापाको आपत्ति

नेता निधिमाथि भएको दुर्व्यवहारप्रति गगन थापाको आपत्ति

नेपालखबर
पुस २२, २०८२ मंगलबार २२:२१, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी कार्यालय बाहिर नेता विमलेन्द्र निधिप्रति भएको व्यवहार गलत भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले फरक मत राखेकै कारण नेता निधिमाथि दुव्र्यवहार हुन निन्दनीय भएको बताए।  

उनले भने, ‘आज पार्टी कार्यालय बाहिर आदरणीय नेता विमलेन्द्र निधिप्रति भएको व्यवहार गलत छ। यो विषयमा मेरो धारणा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले राख्नुभएको धारणासँग समान छ। असल प्रजातन्त्रवादीले सत्यको अनेकतामा विश्वास गर्छ, फरक मत राख्नेको सम्मान गर्छ। त्यस कारण उक्त घटना फरक मत राखेकै कारण घटेको हो भने झन् निन्दनीय छ।’

महामन्त्री थापाले आफूहरुले विधि, विधान र प्रक्रिया परिवर्तन चाहेको समग्र नेपाली कांग्रेसका शुभेच्छुकलाई आग्रह गरे।

‘हामी सबै परिवर्तन चाहन्छौँ तर विधि, विधान र प्रक्रिया भन्दा बाहिर कुनै बाटो छैन। प्रक्रियामा विश्वास गरौँ, हामी सबै सँगै छौँ,’ उनले भने। 

महामन्त्री शर्माले पनि निधि कार्यालय पुग्दै गर्दा भएको व्यवहार विल्कुलै गलत भन्दै यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad