राजनीति


रवि-बालेन एकताबाट विल्कुल डराएका छैनौँः प्रचण्ड

रवि-बालेन एकताबाट विल्कुल डराएका छैनौँः प्रचण्ड

नेपालखबर
पुस २२, २०८२ मंगलबार १९:१७, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीचको एकताले नडराएको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

आफू नेतृत्वको सरकारमा रास्वपा सभापति लामिछानेलाई दुई पटक गृहमन्त्री बनाएको उल्लेख गर्दै लामिछानेसँग कुरा गर्न कुनै आइतवार कुर्नु नपर्ने दाहालको टिप्पणी छ।

उनले भने, ‘हामी रवि–बालेनको गठबन्धबाट विल्कुल डराएका छैनौँ। रविलाई मेरै क्याबिनेटमा दुई चोटि गृहमन्त्री बनाएको हो। उहाँसँग कुरा गर्न मैले कुनै आइतबार पर्खनुपर्दैन। हामी डराएका पनि छैनौँ।’

उनले पार्टी कामको भारत भ्रमणमा गएको दाबी गर्दै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरुसँग अनौपचारिक छलफल भएको पनि बताए।

प्रचण्डले भने, ‘दिल्लीमा पनि एउटा एकता सभा राखिएको थियो। म मुख्यतः त्यही कामका लागि भारत भ्रमणमा गएको हो। अब त्यहाँ गइसकेपछि विभिन्न खालका भेटघाट त भइ नै हाल्छन्। हाम्रो राजदूत आउनुभयो, कयौँ भारतीय जनता पार्टी (बिजेपी)का नेताहरू आउनुभयो। स्वागत गर्नुभयो, सम्मान गर्नुभयो। तर त्यस्तो औपचारिक कुराकानी केही पनि भएको छैन।’

उनले आफूहरु कसैसँग नडराएको दोहोर्याउँदै आउँदो निर्वाचनमा नेकपा एक्लै जनतामाफ जाने जिकीर गरे।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad