अन्तरिम सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अस्थिर राजनीतिक प्रणालीका कारण नेपालमा विकास हुन नसकेको बताएका छन्।
नेपाल चेम्बर अफ कमर्सले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मन्त्री खरेलले नेपालको राजनीतिक प्रणालीमा कुनैपनि मन्त्री वा प्रधानमन्त्रीले पूर्ण रुपमा पाँच वर्ष आफ्नो कार्यकाल पूरा गर्न नसकेको बताए।
उनले यस्तो अस्थिर राजनीतिक प्रणालीबाट कायापलट गर्न सम्भव नरहेको जिकिर गरे। आफू मन्त्री भएको तीन महिनामा पनि कुनै चमत्कार नहुने उनको भनाइ।
मन्त्री खरेलले अहिले भएका अल्झनहरूलाई सुल्झाउने काममा अझै आफू लाग्ने बताए। अबको दुई महिनामा मन्त्रालयबाट हुने कुनैपनि अल्झनमा सहयोग गर्ने बताए।
उनले भने, ‘जरो हेरेर जानुभयो भने हाम्रो राजनीतिक प्रणालीमा एउटा मन्त्री, प्रधानमन्त्री भीममसेन थापाको पालादेखि अहिलेसम्म आउँदा ५ वर्ष एउटा प्रधानमन्त्रीले पूर्ण रुपमा देश चलाउन, कार्यकाल चलाउन नसकेको मुलुकको जनता र त्यसको अहिलेको मन्त्री म हुँ। कसरी बन्छ त देश? तीन महिनामा कायापलट हुन्छ? के ल्याउन सक्नुहुन्छ तपाईंले? वि क्यान टु नो थिंक, नो चमत्कारिक वल्र्ड। मैले डे वानमा भनेको थिएँ, म कुनै चमत्कार गर्न सक्दिन। केही गर्न सक्दिन फरक छ तर दुःख त नदिउँ न।’
मन्त्री खरेलले डिजिटल नेपाल रोडम्याप बनाउँदा आवश्यक बुँदाहरु समेट्न सुझाव दिन पनि आग्रह गरे।
उनले संविधान संशोधन गर्नुपर्दैन भन्ने कुनै राजनीतिक दल नभएको बताए।
Shares

प्रतिक्रिया