राजनीति


राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गर्ने कांग्रेसको निर्णय

राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गर्ने कांग्रेसको निर्णय

नेपालखबर
पुस २२, २०८२ मंगलबार १७:४९, काठमाडौँ

नेपाली कांग्रेसले आउँदो राष्ट्रिय सभाको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको छ। 

मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले तालमेल गर्ने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।

कांग्रेसको निर्णयमा भनिएको छ, ‘संवत् २०८२ साल माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गर्दछ।’

कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनबारे छलफल भएको थियो। बैठकमा महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय फरमूल्लाह मन्सुर र जीवन परियारले आ-आफ्नो धारणा राखेका थिए। 

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको अर्को बैठक बुधबार बिहान ९ बजे बस्ने भएको छ। 

यो पनि पढ्नुहोस् : राष्ट्रिय सभाका १८ सिटमा चार दलबीच यसरी भयो भागबन्डा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad