नेकपा (एमाले)ले नेताहरूको कार्यविभाजन गर्दै प्रदेश संयोजक तोकेको छ।
मंगलबार बसेको एमाले सचिवालयको बैठकले प्रदेश संयोजक तोकेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। लुम्बिनी प्रदेशबाहेक सबै प्रदेश र विभागमा संयोजक तोकिएको हो।
कोसी प्रदेशको संयोजकमा शेरधन राई तोकिएका छन्। त्यस्तै, मधेस प्रदेश संयोजकमा लीलानाथ श्रेष्ठ, बागमतीमा महेश बस्नेत र राजधानी संयोजकमा राजन भट्टराई चयन भएका छन्।
यसैगरी, गण्डकी प्रदेश संयोजकमा खगराज अधिकारी, कर्णाली प्रदेश संयोजकमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेश संयोजकमा गणेश ठगुन्नालाई जिम्मेवारी दिइएको छ।
एमालेले संगठन विभागको जिम्मेवारी भानुभक्त ढकाललाई दिएको छ।
198
Shares

प्रतिक्रिया