राजनीति


रास्वपाको सचिवालय बैठक बस्दै, यी १० एजेन्डामा छलफल हुने

रास्वपाको सचिवालय बैठक बस्दै, यी १० एजेन्डामा छलफल हुने

नेपालखबर
पुस २२, २०८२ मंगलबार १२:१७, काठमाडौँ

आज (मंगलबार) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बस्दै छ।

दिउँसो २ बजे बस्ने सचिवालय बैठकका लागि रास्वपाले १० एजेन्डा तय गरेको छ। 

ती यस्ता छन्-

१. प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति

२. उम्मेदवार सिफारिस उपसमिति विस्तार

३. पार्टी समायोजन उपसमिति विस्तार

४. केन्द्रीय समिति विस्तार

५. निर्वाचन परिचालन समिति गठन

६. समानुपातिक उम्मेदवारको परिचालन कार्यविधि

७. निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि

८. प्रदेश स्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम

९. जिल्ला स्तरीय पार्टी प्रवेश कार्यक्रम

१०. स्थानीय तह उम्मेदवार क्लब गठन

ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सामेल भएपछि रास्वपाले पहिलोपटक सचिवालय बैठक राख्न लागेको हो। 

रास्वपाले हिजो सोमबार मात्र काठमाडौँको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ‘बृहत् राजनीतिक समायोजन घोषणा सभा’ सम्पन्न गरेको थियो। तर त्यसमा कुलमान र बालेन भने उपस्थित भएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad