राजनीति


यस्ता छन् ओलीले जाँचबुझ आयोगलाई दिएको लिखित बयानका मुख्य ६ बुँदा

यस्ता छन् ओलीले जाँचबुझ आयोगलाई दिएको लिखित बयानका मुख्य ६ बुँदा

नेपालखबर
पुस २२, २०८२ मंगलबार ११:२, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जाँचबुझ आयोगलाई दिएको बयानका मुख्य ६ बुँदा सार्वजनिक गरिएको छ।

एमालेका सचिव महेश बस्नेतले मंगलबार बिहान ओलीले जाँचबुझ आयोगले दिएको लिखित बयानका मुख्य ६ बुँदा सार्वजनिक गरेका हुन्। 

यस्ता छन् बुँदा:

-२२ भदौको बेलुका राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा आन्दोलन शान्तिपूर्ण हुने, बल प्रयोग नगर्ने र युवा-विद्यार्थीलाई सहयोग गर्ने विषयमा छलफल भएको।

-आन्दोलनमा घुसपैठ र अराजक समूह प्रवेश भएको कुरा आन्दोलनमा संलग्न युवाहरूले नै स्वीकार गरिसकेका।

-आन्दोलन गर्ने अधिकांश व्यक्ति जेनजी नभएको कुरा तत्कालीन फोटो र भिडिओहरूले प्रस्ट देखाएको।

-२३ भदौमा तोडफोड र एक्कासि गोली प्रहार सुरु भएपछि गृहमन्त्रीसहित सबै सुरक्षा प्रमुखसँग छलफल गरी छानबिन समिति गठन गर्ने निर्णय।

-२४ भदौको अवस्था नियन्त्रणमा लिन नेपाली सेना परिचालन गर्न चाहिएको भए पनि त्यो सम्भव हुन नसकेको।

-गौरीबहादुर कार्कीले घटनाकै दिन र त्यस अघि पछिसमेत सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरिसकेकाले निष्पक्ष प्रतिवेदन आउनेमा आशंका।

७६ जनाको ज्यान जाने गरी गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री थिए। 

त्यस क्रममा भएका घटना छानबिनका लागि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा जाँचबुझ आयोग गठन गरेको हो।

बयान लिन गत आइतबार आफ्नै निवास भक्तपुरस्थित गुण्डुमा आएको आयोगको टोलीलाई तत्कालीन प्रधानमन्त्री ओलीले लिखित बयान थमाएका थिए। 

यसअघि आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकसँग बयान लिइसकेको छ। 

जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्रीद्वय नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काठमाडौँ महानगरका मेयर बालेन शाह ‘बालेन’लाई पनि बयानका लागि लिखित प्रश्न पठाइसकेको छ।

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
    ad ad